लगानी खबर, काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले असार ९ गते, बुधबारबाट असार १६ गते, बुधबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर बाँडफाँड गरिएकाे हो ।
उक्त अवधिभित्र प्राप्त शिलबन्दी बाेलपत्रहरू असार २१ गते खाेली असार २४ गते निष्कासनकर्ता कम्पनीकाे सञ्चालक समितिले बाँडफाँड गरेकाे हाे ।
बाँडफाँड गर्दा अन्तिम कटअफ मूल्य ३८७ रूपैयाँ ७१ पैसा कायम भएको थियाे । सो वा सो भन्दा बढी मूल्य कबुल गरेका लगानीकर्ताले सेयर पाउने छन् । सेयर बाँडफाँडमा नपरेको सेयर बापतकाे रकम फिर्ता भुक्तानी असार २८ गतेदेखि कनेक्ट आईपीएस मार्फत पैसा फिर्ता गरिनेछ ।
कम्पनीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८ सय ९४ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।
त्यसैगरी, उक्त सेयरको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेकाे थियाे ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।