Like us!
Follow us!

गुराँस लाइफको सेयर संरचना परिवर्तन गरिँदै

गुराँस लाइफको सेयर संरचना परिवर्तन गरिँदै

लगानी खबर, काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ ।  

कम्पनीले एक सूचना प्रकाशित गर्दै बीमा समितिकाे स्वीकृति बमाेजिम संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न लागेको जनाएको छ ।

बीमा समितिकाे स्वीकृति बमाेजिम संस्थापक सेयरको अनुपात ७० प्रतिशत रहेकोमा ६० प्रतिशतमा कायम गर्ने भएकाले सोही अनुपातमा सम्पूर्ण संस्थापक सेयरधनीहरुको संस्थापक सेयर कायम गरी बाँकी रहेको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न लागेको जानकारी दिएकाे छ ।

त्यसैगरी, कम्पनीले संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्न नचाहाने संस्थापक शेयरधनीहरूलाई साेही अनुसारकाे स्व:घोषणा गरी यस सूचना प्रकाशन भएकाे ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन अनुराेध गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60e9314816e16.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई news.laganikhabar@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।