Like us!
Follow us!

जीवन विकास, सल्भ र गरिबी न्यूनिकरण लघुवित्त भदौ २२ एकिकृत कारोबार शुरु गर्ने

जीवन विकास, सल्भ र गरिबी न्यूनिकरण लघुवित्त भदौ २२ एकिकृत कारोबार शुरु गर्ने

लगानीखबर, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था, सल्भ लघुवित्त वित्तीय संस्था र गरिबी न्यूनिकरण लघुवित्त वित्तीय संस्थाले मर्जर पश्चात भदौ २२ गते सोमबारदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन्।

यी तीन लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार गर्नेछन् । 

लघुवित्तले नेपाल राष्ट्र बैंकको साउन २६ गते एकिकृत कारोबारका लागि अन्तिम स्वीकृती प्राप्त गरेको थियो । साथै लघुवित्तले कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत स्वीकृती प्राप्त गरिसकेको छ।

जीवन विकासको केन्द्रिय कार्यालय मोरङको कटहरीमा छ भने सल्भ लघुवित्तको धनकुटा र गरिबी न्यूनीकरण लघुवित्तको राजविराजमा छ। जीवन विकास लघुवित्तको चुक्ता पुँजी १४ करोड छ । त्यस्तै सल्भ लघुवित्तको ४ करोड २० लाख तथा गरिबी न्यूनीकरण लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख छ। तीन लघुवित्त गाभिएपछि चुक्ता पूँजी १९ करोड ६० लाख पुग्ने भएको छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।