लगानी खबर, काठमाडौं - युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १३औँ र १४औँ साधारणसभा आज (शुक्रबार) ललितपुरको धोबीघाटस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
सभाले, हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्नुका साथै, २०७५/७६ र ०७६/७७ को दुवै आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु सहित माथि छलफल गरेको गरि पारित गरेको छ ।
सभाले कम्पनीद्वारा प्रवर्धित मिदिम खोला करापु जलविद्युत आयोजना (३ मेगावाट) का लागि लिइएको ऋण व्यवस्थापन र अन्य आयोजनाहरुको अध्ययन तथा विकासका लागि आवश्यक रकमका लागि हकप्रद सेयर जारी गर्न लागेको हो । यद्यपी कति कित्ता हकप्रद निष्कासन गर्ने भन्ने चाहिँ खुलाएको छैन ।
त्यसैगरी, सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ महिलासहित ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।