Like us!
Follow us!

प्रिमियर इन्स्योरेन्सको लिलामी सेयर भर्ने अन्तिम दिन आज

प्रिमियर इन्स्योरेन्सको लिलामी सेयर भर्ने अन्तिम दिन आज

लगानी खबर, काठमाडौं - प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले असार १६ गतेबाट लिलामीमा राखेको सेयर भर्ने अआज (असार २५ गते, शुक्रबार) अन्तिम दिन रहेको छ।

कम्पनीले गत असार १६ गतेबाट ५ लाख ४८ हजार २५ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको  हो। उक्त सेयरमा विद्यमान संस्थापकका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले आज बैंकिङ्ग समयसम्म बोलपत्र पेश गर्न सक्नेछन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।  बोलपत्र पेश गर्दा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र एनआईसी एसिया क्यापिटलको काठमाडौंको बबरमहलस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।