Like us!
Follow us!

नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रालाई एकीकृत कारोबार गर्ने साइत जुर्यो

नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रालाई एकीकृत कारोबार गर्ने साइत जुर्यो

लगानी खबर, काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला सहयात्रा लघुवित्तको एकीकृत कारोबार असार ३० गतेबाट सुरु हुने भएको छ।

नेशनल माइक्रोफाइनान्सले  महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेपश्चात यी २ संस्थाको एकीकृत कारोबार नेशनल माइक्रोफाइनान्सलघुवित्त वित्तीय संस्थाको नामबाट सुरु हुन लागेको हो। 

यी दुवै संस्थाको गत जेठ २५ गते सम्पन्न साधारणसभाले प्राप्तिसम्बन्धि प्रस्तावलाई पारित गरेको थियो।  त्यस्तै, यी दुवै संस्थाको प्राप्ति प्रक्रियालाई नेपाल राष्ट्र बैंकले गत असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले गत असार २४ गते अन्तिम स्वीकृति दिएका थिए। 

एकीकृत कारोबारका लागि दुवै संस्थाको डाटा इन्टिग्रेसनका लागि असार २९ गते एक दिनका लागि महिला सहयात्राको सम्पूर्ण कारोबार बन्द रहने बताइएको छ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।