Like us!
Follow us!

यी १० कम्पनी  लगानीकर्ता :  कसले कमाए, कसले गुमाए ?

यी १० कम्पनी  लगानीकर्ता :  कसले कमाए, कसले गुमाए ?

लगानी खबर, काठमाडौं - ४ दिनसम्म ओरालो यात्रा तय गरेको सेयर बजारले आज अन्तिम कारोबार रकम उकालो यात्रा तय गरेको छ । आज सेयर बजार दोहोरो अंकले बढेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २३.७६ अंकले बढेर २८२४.८९  बिन्दुमा पुगेको छ । नेप्से ०.८५ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ४.४१ अंकले बढेर ५२९.६६ मा पुगेको छ ।

आज कूल २२३ कम्पनीको १ कराेड ३१ लाख ४३ हजार २ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रूपैयाँको कारोबार भएको छ ।  आज कूल १३ वटा उपसमूहमध्ये ११ वटा उपसमूहको मात्र सेयर बढेको छ, बाँकी २ वटा उपसमूहको सेयर घटेको छ ।

बिहीबार गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले सर्वाधिक नाफा कमाएको छ । त्यसैगरी, राष्ट्रिय बीमा कम्पनी लिमिटेड संस्थापक सेयर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनियन हाइड्रोपावर, मल्टीपर्पस फाइनान्स लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिकनाफा कमाएका छन् ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३, सानिमा लार्ज क्याप फण्ड, नेपाल टेलिकम, सिइडिबी हाइड्रोपावर कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड २, नबिल ब्यालेन्स फण्ड २ र स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताहरुले सर्वाधिक घाटा व्यहोरेका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।