लगानी खबर, काठमाडौं - साताको अन्तिम कारोबार दिन आज (बिहिबार) भने सेयर बजार लयमा फर्किएको छ । आज सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको हो । यस साता बाँकि ४ दिन नै बजारले ओरालो यात्रा तय गरेको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २३.७६ अंकले बढेर २८२४.८९ बिन्दुमा पुगेको छ । नेप्से ०.८५ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ४.४१ अंकले बढेर ५२९.६६ मा पुगेको छ ।
आज कूल २२३ कम्पनीको १ कराेड ३१ लाख ४३ हजार २ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रूपैयाँको कारोबार भएको छ ।
आज कूल १३ वटा उपसमूहमध्ये ११ वटा उपसमूहको मात्र सेयर बढेको छ, बाँकी २ वटा उपसमूहको सेयर घटेको छ । आज फाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।