लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बिहिबार २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
नेपाल स्टकका अनुसार आज एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
नेप्सेमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ७ सय ४४ कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
उक्त लाभांश जेठ १० गते, साेमबार कम्पनीकाे प्रधान कार्यालय, हात्तिसार, काठमाडौंमा सम्पन्न भएकाे २६ औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।
त्यसैगरी, सिभिल लघुवित्तको ३.५ प्रतिशत बोनस बापतको ८१ हजार ८ सय ७६ दशमलव ७९५ कित्ता सेयर सूचिकृत भएको हो ।
संस्थाले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हकप्रदपछि हाल कायम चुक्ता पुँजीकाे ३.५ प्रतिशत बोनस शेयर र ०.१८४२१ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
उक्त लाभांश चैत्र ५ गते, बिहीबार, बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर, काठमाडाैँमा सम्पन्न भएकाे संस्थाकाे नवाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।