Like us!
Follow us!

आज मन्त्रिपरिषद बैठक बस्दै, अर्थमन्त्री खतिवडाले राजीनामा दिने

आज मन्त्रिपरिषद बैठक बस्दै, अर्थमन्त्री खतिवडाले राजीनामा दिने

लगानीखबर, काठमाडौं । आज (शुक्रबार) बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने भएका छन् ।

नेकपा सचिवालय बैठकले राष्ट्रियसभामा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय गरेसँगै खतिवडाले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ । खतिवडाको कार्यकाल भोलिसम्म रहने भएता पनि भोलि शनिबार परेकाले उनले अर्थमन्त्रीका रुपमा काम गर्न पाउने आज अन्तिम दिन हो ।

राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुनेछन् । त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफुले गरेका कामकारवाहीका वारेमा जानकारी दिने तयारी रहेको छ ।

यसैबीच, मन्त्रीपरिषदको बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।