Like us!
Follow us!

मिर्मिरे लघुवित्तको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा

मिर्मिरे लघुवित्तको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा

लगानी खबर, काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ ।

संस्थाकाे चैत्र १८ गते, सम्पन्न भएकाे दशाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ९.१९९ प्रतिशत बोनस सेयर बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा हिजाे (असार २३ गते, बुधबार) देखि जम्मा गरिएकाे संस्थाले जनाएकाे छ । 

उक्त मिति पश्चात अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको छ ।  संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ  ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

60e6959478cf3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।