Like us!
Follow us!

यी २ कम्पनीको साधारण सभा शुक्रबार हुँदै, के-के छन् एजेण्डा ?

यी २ कम्पनीको साधारण सभा शुक्रबार हुँदै, के-के छन् एजेण्डा ?

लगानी खबर, काठमाडौं - शुक्रबार विभिन्न 2 कम्पनीको वार्षिक साधारण सभा हुँदैछ  । कर्पोरेट डेभलपमेन्ट बैंक र युनियन हाइड्रोपावरको वार्षिक साधारण सभा भोलि (असार २५ गते, शुक्रबार) हुन लागेको हो  । 

१.यूनियन हाइड्रोपावर 

युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले संयुक्त वार्षिक साधारण सभा भोलि (असार २५ गते, शुक्रबार)  हुँदैछ ।

कम्पनीकाे जेठ २३ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १३औँ र १४औँ वार्षिक साधारण सभा शुक्रबार हुन लागेको हो  । 

कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्तावसँगै संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहको तर्फबाट एक जना महिला सहित तीन जना गरी कुल ६ जना सञ्चालकको निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

कम्पनीले साधारण सभा प्रयाेजनका लागि असार १५ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले, असार १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. कर्पोरेट डेभलपमेन्ट बैंक
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको तेर्हौं वार्षिक साधारण सभा पनि भोलि (असार २५ गते, शुक्रबार)  हुँदैछ । बैंकको उक्त सभा शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय बैंककाे प्रधान कार्यालय, वीरगञ्ज, पर्सामा हुने भएको छ । बैंकको असार १ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले उक्त निर्णय गरेको हो। 

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने गरिनेछ । त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्ने गाभिने निर्णय गर्ने तथा त्यस सम्बन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने, कार्य क्षेत्र संशोधन गर्ने, र प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियामक निकायबाट संशोधनको लागि थप निर्देशन आएमा सोही अनुसार गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने सभाकाे विशेष प्रस्ताव गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई news.laganikhabar@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।