Like us!
Follow us!

बुधबार यी १० कम्पनीमा लगानीकर्ता झुम्मिए

बुधबार यी १० कम्पनीमा लगानीकर्ता झुम्मिए

लगानी खबर, काठमाडौं - साताको चौथो कारोबार दिन आज बुधबार पनि सेयर बजारले ओरालो यात्रा  तय गरेको छ । यस साता सेयर बजारले चारै दिन ओरालो यात्रा तय गरेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १६.९७ अंकले घटेर २८०१.१३  बिन्दुमा पुगेको छ । नेप्से ०.६० प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.५० अंकले घटेर ५२५.२४ मा पुगेको छ ।

आज कूल २२२ कम्पनीको १ कराेड १६ लाख ६४ हजार २ सय ७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रूपैयाँको कारोबार भएको छ ।  

बुधबार छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ४३ करोड ३३ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

त्यसैगरी, अपर तामाकाेशी, हिमालयन डिष्टीलरी, नेपाल पूनर्बीमा कम्पनी, निर्धन उत्थान लघुवित्त, नेपाल टेलिकम, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआइसी एशिया बैंक, नेपाल इन्स्याेरेन्स र सिद्धार्थ बैंक लिमिटेडले पनि सर्वाधिक कारोबार गरेका छन् ।

60e577cc36be7.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।