Like us!
Follow us!

जीवन विकास लघुवित्तको आईपीओ नतिजा सार्वजनिक, कहाँ-कहाँबाट हेर्न सकिन्छ ?

जीवन विकास लघुवित्तको आईपीओ नतिजा सार्वजनिक, कहाँ-कहाँबाट हेर्न सकिन्छ ?

लगानी खबर, काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) को नतिजा हेर्न सकिने भएको छ । कम्पनीको आईपीओ आज (बुधबार) बाँडफाँड भएको हो । कम्पनीको आईपीओ बिहान ९:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको हो।

बिहानै बाँडफाँड भएपनि  सिस्टममा अपलोड गर्न समय लाग्ने भएकोले नतिजा भने ढिला गरि हेर्न मिलेको हो । अब लगानीकर्ताले आईपीओको नतिजा हेर्न सक्नेछन् ।  आईपीओको अन्तिम नतिजा सीडीएससीको वेवसाइट https://iporesult.cdsc.com.np/ का साथै धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल र निष्कासनकर्ता जीवन विकास लघुवित्तको वेबसाइटमा पनि हेर्न सकिनेछ। 

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । ग्रोलाप्रथाबाट नम्बर छनोट गर्दा लक्की नम्बर ८ र ६ छनोट भएको थियो । आईपीओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । जसमध्ये, १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ता पाएका छन् । त्यस्तै, बाँकी करिव ९२ प्रतिशत भन्दा धेरै अर्थात् १९ लाख २ हजार ५ सय १९ जना आवेदकको हात खाली भएको छ  । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ, भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।