Like us!
Follow us!

सानिमा जनरलको साधारण सभाबाट संचालकमा प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेल निर्वाचित

सानिमा जनरलको साधारण सभाबाट संचालकमा प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेल निर्वाचित

लगानी खबर, काठमाडौं - सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा आज (बुधबार  कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको हो । 

सभाले सर्वसाधरणको तर्फबाट २  जना संचालक निर्विरोध चयन गरेको छ ।  जसमा प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेल निर्वाचित भएका छन् ।

त्यसैगरी, सभाले आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । यसका साथै, आर्थिक वर्ष ७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोकिएको छ  । 

यसअघि कम्पनीले जेठ ११ गते काठमाडौंको आम्रपाली ब्यांक्वेटमा साधारण सभाको मिति तय गरेको थियो । तर कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण जारी निषेधाज्ञाका कारण सभा स्थगित भएको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।