Like us!
Follow us!

माछापुच्छ्रे बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै, व्याजदर कति ?

माछापुच्छ्रे बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै, व्याजदर कति ?

लगानी खबर, काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई ऋणपत्र असार ३१ गतेबाट बिक्री खुल्ला गर्न लागेको हो । 

बैंकले निष्कासन गर्न लागेको कूल कित्तामध्ये १८ लाख इकाई व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ भने सर्वसाधारणलाई बिक्री गर्नेछ । सर्वसाधारणका लागि निष्कासन गरिने कुल १२ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर–२०८७’ नामक ऋणपत्र जारी  गर्न लागेको हो । उक्त ऋणपत्र १० वर्ष अवधिको हुनेछ। ऋणपत्रको वार्षिक ८.५ प्रतिशत हुनेछ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म आवेदन दिन सक्नेछन्। असार ३१ गतेबाट बिक्री खुल्ला हुने उक्त ऋणपत्रमा छिटोमा साउन ४ गते र ढिलोमा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । 

उक्त ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सक्नेछन् । 

ऋणपत्रको बारेमा थप जानकारीको लागि तलको विवरणपत्र हेर्नुहोस्:- 
 

60e53dd8ceafe.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।