लगानी खबर, काठमाडौं - सहारा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले ३ वटा आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७४/७५, २०७५/६६ र २०७६/७७ को संचित मुनाफाबाट ५.०५ प्रतिशत बोनस सेयर र ०.२७ प्रतिशत नगद लाभांश कर प्रयोजन गरी कूल ५.३२ प्रतिशत लाभांश घोषणा गरेको हुन्छ ।
उक्त लाभांश राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाबाट पारित भएपश्चात वितर गरिनेछ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको सेयर कारोबार ४ वर्षदेखि रोक्का रहेको छ ।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।