Like us!
Follow us!

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, रिजल्ट कतिबेला हेर्न सकिन्छ ?

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, रिजल्ट कतिबेला हेर्न सकिन्छ ?

लगानी खबर, काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओ आज बुधबार बिहान ९:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको हो।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । ग्रोलाप्रथाबाट आईपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । जसमध्ये, १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ता पाए का छन् । त्यस्तै बाँकी करिव ९२ प्रतिशत भन्दा धेरै अर्थात् १९ लाख २ हजार ५ सय १९ जना आवेदकको हात खाली भएको छ  । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

यो आईपीओको अन्तिम नतिजा केही समयपछि सीडीएससीको https://iporesult.cdsc.com.np/ का साथ धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल र सम्बन्धित धितोपत्र निष्कासनकर्ता जीवन विकास लघुवित्तको वेबसाइटमा पनि हेर्न सकिनेछ। अपलोड गर्न समय लाग्ने हुनाले आईपीओको नतिजा हेर्न केहि समय लाग्ने क्यापिटलले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।