Like us!
Follow us!

यी १० कम्पनीका लगानीकर्ता :  कसले कमाए, कसले गुमाए ?

यी १० कम्पनीका लगानीकर्ता :  कसले कमाए, कसले गुमाए ?

लगानी खबर, काठमाडौं - आज (मंगलबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेप्से परिसूचक ५.२४ अंकले घटेर २८१८.१० बिन्दुमा पुगेको छ, भने कारोबार रकम पनि ४ अर्बमा खुम्चिएको छ । 

आज कूल १३ वटा उपसमूहमध्ये ५ वटा उपसमूहको मात्र सेयर बढेको छ, बाँकी ८ वटा उपसमूहको सेयर घटेको छ । मंगलबार बैकिङ, निर्जीवन बीमा, म्यानुफ्याक्चारिङ्ग र प्रोडक्सन, माइक्रोफाइनान्स र जीवन बीमा समूहको सेयर बढेको छ भने बाँकी समूहको सेयरमा गिरावट आएको हो ।

मंगलबार, राष्ट्रिय बीमा कम्पनी, माउन्टेन इनर्जी नेपाल, सिभिल लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक समिट लघुवित्त, सानिमा लार्ज क्याप फण्ड, शिवम् सिमेन्ट, स्ट्यान्डर्ड चाटर्ड बैंक, प्रभु सेलेक्ट फण्ड र ओरेन्टल होटल लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । 

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अप्पर तामाकोशी हाइड्रोपावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट, नेशनल हाइड्रो पावर, नेपाल इन्स्योरेन्स कम्पनी, राधी विद्युत कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट, बिशाल बजार कम्पनी, गुडवील फाइनान्स र एनएमबि फिफ्टीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । 
 

60e42b156ba05.JPG 60e42b18749ed.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।