Like us!
Follow us!

मितेरी डेभलपमेन्ट बैंकद्वारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह

मितेरी डेभलपमेन्ट बैंकद्वारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह

लगानीखबर, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकको "नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७" को व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई भाद्र २६ गते शुक्रबारसम्म आवेदन दिन आग्रह गरेको हो ।

बैंकले तोकिएको समयभित्र पुनरकर्जाको लागि निवेदन दिने पुनरकर्जाको प्राप्त गर्न योग्य ऋणीहरुको आवेदनलाई नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिम पुनरकर्जा सुविधा प्रदान गरिदिन नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरिने र राष्ट्र बैंकबाट स्वीकृत भएबमोजिम पुनरकर्जा प्रादान गरिने जनाएको छ  ।

बैंकले जारी सूचना हेर्नुहोस् :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।