Like us!
Follow us!

लगानी गर्ने कि नगर्ने ? आरविवि म्युचुअल फण्ड बुधबारदेखि  बिक्री खुल्ला हुँदै

लगानी गर्ने कि नगर्ने ? आरविवि म्युचुअल फण्ड बुधबारदेखि  बिक्री खुल्ला हुँदै

लगानी खबर, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत एक अर्ब रुपैयाँ बराबरको १० करोड ईकाई आरविवि म्युचुअल फण्ड–१ यही असार २३ गते बुधबार देखि बिक्री खुल्ला गर्न लागेको छ । यस योजनाको कोष प्रवर्द्धन राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

यो एक बन्दमूखि योजना हो र योजनाको अवधि ७ वर्ष रहनेछ । कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३  प्रतिशत तथा योजना व्यवस्थापकले २ (दुई) प्रतिशत रकम बीजपूँजीको रुपमा लगानी गर्नेछ । प्रति ईकाई मूल्य १० रुपैयाँ  रहेको म्युचल फण्डमा अधिकतम एक करोड ईकाई संख्यासम्म लगानी गर्न सकिने छ ।

इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्चप्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्काशन गर्न लागिएको हो ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ । मेरो सेयर  प्रयोग गर्ने  लगानीकर्ताहरुले  meroshare.cdsc.com.np मा गई आवेदन दिन सक्नु हुनेछ । यो योजना छिटोमा असार २७ गते बिक्री बन्द हुनेछ, फण्ड ढिलोमा साउन ६ गतेसम्म खुल्ला रहने छ ।

60e40d8b32740.jpg 60e40d9186803.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।