Like us!
Follow us!

बोटलर्स नेपालद्वारा सेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

बोटलर्स नेपालद्वारा सेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

लगानी खबर, काठमाडौं - बोटलर्स नेपाल (तराई) लिमिटेडले सेयरधनीलाई लाभांश भुक्तानी नलिएका सेयरधनीहरुलाई लाभांश लिन अुनरोध गरेको छ । 

कम्पनीले २०७२ पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित लाभांश सम्बन्धी सेयरधनीहरुले वा निजको हकवालाले पाँच वर्ष पुगिसक्दा पनि हालसम्म लाभांश लिन नआएकाले लिन अनुरोध गरेको हो । 

कम्पनीले एक सूचना प्रकाशन गर्दै हालसम्म पनि लाभांश नलिएका सेयरधनीलाई कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नारायणचौर नक्सालमा आफ्नो सेयर प्रमाणपत्रका साथसूचना प्रकाशित भएको एक महीनाभित्र सम्पर्क गरी लिन लाभांश लिन आग्रह गरेको हो  । 

यस समय अवधिभित्र लाभांश लिन नआएमा उक्त भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगाकीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ ।

60e4002f224af.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।