Like us!
Follow us!

नेपाल एग्रो लघुवित्त १:०.९८ को स्वाप रेसियोमा इन्फिनिटीसँग भयो विलय

नेपाल एग्रो लघुवित्त १:०.९८ को स्वाप रेसियोमा इन्फिनिटीसँग भयो विलय

लगानी खबर, काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सोमबार सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय गैडाकोटमा सम्पन्न भएको हो । 

इन्फिनिटी लघुवित्तको उक्त सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ । इन्फिनिटीले १:०.९८ को स्वाप रेसियोमा नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेको हो । जसअनुसार नेपाल एग्रो लघुवित्तको १०० कित्ता सेयर भएका सेयरधनीले इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर प्राप्त गर्नेछन्  ।

त्यस्तै, सभाले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने प्रयोजनका लागि गठित संयुक्त मर्जर वा प्राप्ति समितिबाट नियुक्त लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, नियमनकारी निकायहरुबाट प्राप्त सुझाव एवम् निर्देशन बमोजिम प्राप्ति सम्बन्धी गर्नुपर्ने थपघट तथा आवश्यक संशोधन लगायत सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, नेपाल एग्रोलाई प्राप्ति गरे पश्चात संस्थाको जारी तथा चुक्ता पूँजीमा वृद्धि हुने भएकोले सोही बमोजिम संस्थाको प्रबन्धपत्रमा संशोधन गरी जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न गत माघ २६ गते दुवै पक्ष बीच भएको सहमतिलाई नेपाल राष्ट्र बैंकबाट मिति जेठ ११ गते सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ । 

60e3ee04d117c.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।