Like us!
Follow us!

जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, २ सञ्चालक निर्विरोध निर्वाचित

जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, २ सञ्चालक निर्विरोध निर्वाचित

लगानी खबर, काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज (सोमबार) कम्पनीको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरेको छ । 

त्यसैगरी, सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक नियुक्त गरेको छ  । जसमामा अमृत बञ्जाडे र सरस्वती गौतम(ज्ञवाली) निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीले कोभिड १९ कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

60e2e057937c6.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।