Like us!
Follow us!

जीवन विकास लघुवित्तको आईपीओ प्रि-अलटमेन्ट आज हुँदै

जीवन विकास लघुवित्तको आईपीओ प्रि-अलटमेन्ट आज हुँदै

लगानी खबर, काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रि-अलटमेन्ट आज (साेमबार) हुँदैछ । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आज ३ बजे  प्रि-अलटमेन्ट हुन लागेकाे लागेको हो ।

प्रि-अलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने प्रावधान छ । क्यापिटलका अनुसार बाेर्डले स्वीकृती दिए बिहीबार नै आईपीओ बाँडफाँड गरिने भएकाे छ ।

संस्थाले यहि असार ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

निष्कासनको अन्तिम दिनसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाेभन्दा  १६.९१ गुणा बढी हो । कम्पनीकाे आईपीओमा परेकाे आवेदन हालसम्म कै उच्च पनि हाे ।

नेप्सेले लघुवित्तकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । नेपाल धितोपत्र बोर्ड (सेबाेन)मा प्रकाशन भएकाे विवरण पत्र अनुसार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ३०५ रूपैयाँ २७ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ९१५ रुपैयाँ ८१ पैसा हुन्छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।