लगानी खबर, काठमाडौँ - एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड) काे इकाईहरू बाँडफाँड गरिएकाे छ । एनआईसी एशिया कयापिटलले असार १० गते, बिहिबारबाट असार १४ गते, साेमबारसम्म ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’ नामक सामुहिक लगानी निष्कासन गरेको थियाे । साेही फण्डमा परेकाे इकाईहरू बाँडफाँड गरिएकाे हाे ।
हिजाे (आइतबार) गरिएकाे बाँडफाँडमा १०० इकाईदेखि ४५ लाख इकाईसम्म मााग गर्ने सबैलाई माग अनुसारकै इकाईहरु र ५० लाख इकाईदेखि एक कराेड इकाईसम्म माग गर्ने आवेदकहरुलाई ४९ लाख ३० हजार ६ सय ५ इकाईका दरले बाँडफाँड गरिएको क्यापिटलले जनाएकाे छ ।
एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको थियाे । तर माग भन्दा झण्डै २ गुणा बढी आवेदन परेपछि फन्डको आकार बढाएर १ अर्ब २५ कराेड रूपैयाँ बनाइएको छ ।
क्यापिटलकाे सूचना :
याे पनि :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।