Like us!
Follow us!

नबिल बैंक र युनाइटेड फाइनान्सले असार २७ गतेदेखि एकिकृत काराेबार सुरू गर्ने

नबिल बैंक र युनाइटेड फाइनान्सले असार २७ गतेदेखि एकिकृत काराेबार सुरू गर्ने

लगानी खबर, काठमाडाैँ - नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स कम्पनी लिमिटेडले असार २७ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्न लागेकाे हाे । जस अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि नबिल बैंक लिमिटेडको नाममा ३५ कित्ता सेयर प्राप्त गर्नेछन् । 

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै कम्पनीलाई असार १५ गते, मंगलबार अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । कम्पनी रजिष्ट्रार कार्यालयले पनि असार १८ गते स्वीकृती प्रदान गरेकाे थियाे ।

त्यसैगरी, दुवै कम्पनीकाे असार ५ गते, शनिबार सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60e29afc05d70.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।