Like us!
Follow us!

गोंगबु हत्या प्रकरण: मुडभरीलाई पुर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

गोंगबु हत्या प्रकरण: मुडभरीलाई पुर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

लगानीखबर, काठमाडौँ । गोंगबु हत्या प्रकरणका आरोपी कल्पना पौडेल मुडभरीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ । बिहीबार जिल्ला अदालत काठमाडौँले दाङका कृष्णबहादुर बोहोराको हत्या आरोपी मुडभरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

हत्यामा संलग्न रहेकी मुडभरीको छोरीलाई भने भक्तपुरस्थित बालसुधार गृह भक्तपुर, सानोठिमी पठाएको छ । नाबालिका भएकोले उनलाई सुधार गृह पठाइएको अदालतले जनाएको छ ।

गत साउन २५ गते गोंगबुस्थित गणेश स्थानमा सुटकेशभित्र बोहोराको शव फेला परेको थियो । शरीरको मुख्य भाग सुटकेसमा भेटिए पनि टाउको र खुट्टा भने करिव ३०० मिटर पर भेटिएको थियो । प्रहरीले कुकुरको सहायताबाट टाउको र खुट्टा पत्ता लगाएको थियो । वेवारिसे अवस्थामा भेटिएको बोहोराको पहिचान नखुलेपछि प्रहरीले साउन २६ गते शवको फोटो सार्वजनिक गर्यो ।

तस्बिर सार्वजनिक गरेलगत्तै उनको पहिचान खुलेको थियो । बोहोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले साउन २६ गते बेलुकी नै मुडभरी र छोरीलाई चितवनबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । 

मुडवरीले बोहोराको हत्या आफैले गरेको स्वीकार गरिसकेकी छिन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।