लगानी खबर, काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्थाले यहि असार असार ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
अहिले उक्त आईपीओको बाँडफाँडको तयारी भइराखेको छ । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओ यसै साता बाँडफाँड गर्ने तयारी गरिएकाे छ ।
संस्थाको आईपीओले ओपनिङ रेञ्ज कति पाउँला ? यो आम लगानीकर्ताको चाँसोको विषय हो । सर्वप्रथम नेपाल स्टक एक्सचेन्ज नेप्सेले हरेक कम्पनीकाे सेयरको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।
यसअर्थ, संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ ।
नेपाल धितोपत्र बोर्ड (सेबाेन)मा प्रकाशन भएकाे विवरण पत्र अनुसार संस्थाकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ३०५ रूपैयाँ २७ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ९१५ रुपैयाँ ८१ पैसा हुन्छ । त्यसैले, संस्थाको आईपीओले अधिकतम ९१५ रुपैयाँ ८१ पैसा ओपनिङ रेञ्ज पाउने सम्भावना रहेको छ ।
संस्थाले असार ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे ।
संस्थाको आईपीओमा २० लाख ८४ हजार ७ सय ६२ जनाले आवेदनले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाेभन्दा १६.९१ गुणा बढी हो । कम्पनीकाे आईपीओमा परेकाे आवेदन हालसम्म कै उच्च पनि हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।