Like us!
Follow us!

जनरल इन्स्याेरेन्सको वार्षिक सभा आज, के-के छन् पारित हुने एजेण्डा ?

जनरल इन्स्याेरेन्सको वार्षिक सभा आज, के-के छन् पारित हुने एजेण्डा ?

लगानी खबर, काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे तेश्राे वार्षिक साधारण सभा आज (असार २१ गते, साेमबार) हुँदैछ । उक्त सभा कम्पनीको केन्द्रिय कार्यालय, हात्तीसार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ । 

साथै सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी एक महिलासहित दुई सञ्चालकको निर्वाचन समेत सभाले अनुमोदन गर्नेछ। कम्पनीले कोभिड-१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।  

त्यसैगरी, साधारण सभा प्रयोजनका लागि वैशाख १० गते बुक क्लोज गरिएको थियाे । त्यसैले उक्त मितिसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।