लगानी खबर, काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्राे लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा आज (असार २१ गते, साेमबार) हुँदैछ । प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न यी दुवै संस्थाले आज साधारण सभा आह्वान गरेका हुन् । जसमध्ये इन्फिनिटी लघुवित्तले विशेष सभा आह्वान गरेको छ भने नेपाल एग्राे लघुवित्तले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
इन्फिनिकाे विशेष साधारण सभा संस्थाकाे केन्द्रिय कार्यालय, गैँडाकाेट, नवलपुरबाट बिहान ९ बजेदेखि भर्चुअल माध्यमार्फत् सुरू हुनेछ भने नेपाल एग्राेको सभा पाँचाै वार्षिक साधारण सभा सिटिस्क्वेयर, न्यूराेड, पाेखरा, कास्कीमा बिहान ९ बजेदेखि नै सुरू हुनेछ ।
सभामा इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति (एक्विजिशन) गर्ने प्रयोजनको लागि मुल्यांकनकर्ताबाट प्राप्त भएकाे प्राप्ती हुने संस्थाकाे चल अचल सम्पत्ति र दायित्व मुल्यांकन प्रतिवेदन (Due Deligence Audit DDA) समेतकाे आधारमा मर्जर समितिबाट निर्धारण गरिएकाे सेयर आदान प्रदान अनुपात एक बराबर शून्य दशमलव अन्ठानब्बे (१ः०.९८) पारित गरी मर्जरलाई स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, नेपाल एग्राे लघुवित्तको साधारण सभाले हाल कायम चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार ४ सय ७० रुपैयाँको १४ प्रतिशतले हुन आउने ८० लाख १४ हजार २ सय २६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ४ लाख २१ हजार ८ सय १ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।