लगानी खबर, काठमाडौं : नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकीकृत कारोबार गर्ने साइत जुरेको छ । यी दूई कम्पनीले असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।
नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्तिपश्चात एकीकृत कारोबार सुरु गर्न लागेको हो । प्राप्तिपश्चात यी दूई कम्पनीको एकीकृत कारोबार नेपाल फाइनान्सको नामबाट हुनेछ ।
नेपाल फाइनान्सले १:१ सेयर स्वाप रेसियोमा ललितपुर फाइनान्सलाई प्राप्ति गरेको हो । एकीकृत कारोबार सञ्चालन गर्नको लागि दुवै फाइनान्स कम्पनीको विवरणलाई एउटै सफ्टवेयरबाट कारोबार गर्न डाटा माइग्रेसन गर्नुपर्ने भएकाले असार २५ र २६ गते फाइनान्स कम्पनीको सेवा बन्द हुने जनाएको छ ।
दुवै कम्पनीको जेठ २८ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १८ गते प्राप्ति सम्बन्धि अन्तिम स्वीकृति दिएको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।