Like us!
Follow us!

छुट्ला है, मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम मौका आज

छुट्ला है, मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम मौका आज

लगानी खबर, काठमाडौं - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिन आज (असार २१ गते, सोमबार) अन्तिम दिन रहेको छ  । उक्त आईपीओमा आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीले असार १७ गते, बिहिबारबाट १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आजसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । 

संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

संस्थाको आईपीओमा मागभन्दा धेरै आवेदन परिसकेको छ । हिजो आइतबार साँझसम्म उक्त आईपीओमा १७ लाखभन्दा बढीले आवेदन दिएका छन् । 

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आइतबार बेलुका ५ बजेसम्ममा १७ लाख २५ हजार ६ सय ७८ जना आवेदकबाट २ अर्ब २७ कराेड २६ लाख ८९ हजार रूपैयाँ बराबरकाे २ करोड २७ लाख २६ हजार ८ सय ९० कित्ताको लागि आवेदन परेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।