Like us!
Follow us!

एनआईबिएल एस क्यापिटलका लगानीकर्ताले आफ्नो लगानीलाई तत्काल २ गुणासम्म वृद्धि गराउन सक्ने

एनआईबिएल एस क्यापिटलका लगानीकर्ताले आफ्नो लगानीलाई तत्काल २ गुणासम्म वृद्धि गराउन सक्ने

लगानी खबर, काठमाडौं - एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताका लागि लगानी गर्ने सुवर्ण अवसर ल्याएको छ।

फण्डका अनुसार यस योजनामा सहभागी भई लगानीकर्ताले आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउन सक्नेछन्। यो योजना व्यक्तिगत ग्राहकका लागिमात्र हुने र यसमा सहभागी हुन न्यूनतम ३०० इकाई अनिवार्य खरिद गर्नुपर्नेछ। 

यो योजना २०७८ साल असार २० गतेदेखि २०७८ साल असार २४ गतेसम्ममात्र लागू हुनेछ।  यस योजनाको नतिजा २०७८ साल साउन १५ गते गोलाप्रथाद्वारा फेसबुक लाइभमार्फत गरिनेछ र योग्य सहभागीबाट २० जना विजेता घोषणा गरिनेछ ।

योजनाको नियम र सर्तहरुअनुसार पुरस्कार वितरण गरिने क्यापिटलले जनाएको छ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।