Like us!
Follow us!

उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिने, के छ तयारी ?

उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिने, के छ तयारी ?

लगानी खबर, काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो पारिने भएको छ । निषेधाज्ञालाई थप खुकुलो पार्दै एक साता साता लम्बाउने तयारी गरिएको हो ।

अब टेम्पो र माइक्रोबस पनि सञ्चालन गर्न दिने विषयमा निर्णय हुन सक्ने स्रोतले जनाएको छ । यसअघि असार १४ गते निषेधाज्ञालाई खुकुलो पारी २५ सिटमाथिका क्षमता भएका सार्वजनिक यातायातलाई समेत चल्न दिइएको थियो । 

निषेधाज्ञाका विषयमा निर्णय गर्न आज दिउँसो ३ बजे उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । बैठकले निषेधाज्ञा खुकुलो पार्दै थप केही प्रतिबन्धहरु फुकुवा गर्ने तयारी गरेको हो। 

यसअघि थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार राति १२ बजेबाट सकिँदैछ। उपत्यकामा गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।