Like us!
Follow us!

आईपीओ लहर : २१ कम्पनीको आईपीओ आउँदै, कुनको कति कित्ता ? हेर्नुहोस्

आईपीओ लहर : २१ कम्पनीको आईपीओ आउँदै, कुनको कति कित्ता ? हेर्नुहोस्

लगानी खबर, काठमाडौं - अहिले नेपाली सेयर बजारमा आईपीओ लहर चलेको छ । एकपछि अर्को कम्पनीले धमाधम साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरिरहेका छन् भने नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि विभिन्न कम्पनीलाई धमाधम आईपीओ निष्कासनको अनुमति दिइरहेको छ । यहि असार महिनामा मात्र ३ कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेका छन् । जसमध्ये जीवन विकास लघुवित्तले निष्कासन गरिसकेको छ । कम्पनीले अहिले बाँडफाँडको तयारी गरिरहेको छ । त्यसैगरी, मनकामना स्मार्ट लघुवित्तले पानी असार १७ गतेबाट धमाधम आईपीओ बिक्री गरिरहेको छ । अर्को यूनियन लाइफ इन्स्योरेन्सले पनि आईपीओ निष्कासनको मिति तोकिसकेको छ । कम्पनीले असार २४ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ ।

पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको पनि उस्तै आकर्षण देखिन थालेको छ । विशेष गरी आईपीओ त लगानीकर्ताको आकर्षण दिनप्रतिदिन बढ्दो छ । साधारणतया आईपीओमा लगानीकर्ताले जोखिम मोल्नुपर्दैन र लगानी गरेको रकम डुब्ने डर पनि हुँदैन तसर्थ पनि आईपीओमा लगानीकर्ताको आकर्षण दिनहुँ बढ्दै गइरहेको छ ।  

आईपीओमा लगानीकर्ताको आकर्षण बढेसँगै पछिल्लो समय आईपीओ पनि लक्की ड्र नै बनेको छ । भाग्यमानीले मात्र आईपीओ हात पार्ने गरेका छन् । अहिले आईपीओमा २२ लाखसम्म आवेदन पर्ने गरेको छ । 

हाल विभिन्न १८ वटा कम्पनी नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा आईपीओ निष्काशन गर्न बाेर्डकाे स्वीकृतीका लागि पर्खेर पाइपलाइनमा बसेका छन् । त्यसैगरी,  एक कम्पनीको आईपीओ धमाधम निष्कासन तथा बिक्री खुल्ला भइरहेको छ भने एक कम्पनी निष्कासनको मिति तय गरेको बसको छ । अर्को एक कम्पनीले सेबोनबाट निष्कासनको अनुमति पाइसकेको छ ।

त्यस्तै, एउटा कम्पनीकाे आईपीओ काेराेनाका कारण बीचमै स्थगित भएकाे छ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बीचमै स्थगित भएको हो । 

कम्पनीले वैशाख २१ गते, मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई साधारण सेयर (आईपीओ) निष्कासन गरिरहेकाे थियाे । तर हाल देशभर कोरोना भाइरसकाे संक्रमणका कारण निषेधाज्ञा जारी गरिएकाे हुनाले हाललाई आईपीओ स्थगित गरिएकाे हाे । कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियाे । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको थियाे । कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्काशन गर्नेछ।

यसरी हेर्ने हो भने नेपाली सेयर बजारमा २१ वटा कम्पनीकाे ७ अर्ब ९७ करोड ९० लाख ८ हजार ४०० रुपैयाँ बराबरको ७ करोड ९७ लाख ९० हजार ८४ कित्ता आईपीओ निष्काशन हुँदैछ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड 

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २४ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ असार २४ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । 

आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

कति दिने आवेदन ?
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

आवेदन कहिलेसम्म दिन सकिन्छ ?
लगानीकर्ताले उक्त आईपीओमा असार २४ गतेदेखि छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन्  ।

कहाँ-कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । 

रेटिङ कति ?
इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ । आईपीओ निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत असार १३ गते अनुमति पाएको हो ।

तेह्रथुम पावर कम्पनी लिमिटेड

तेह्रथुम पावर कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपीओ) जारी गर्ने अनुमति पाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबाेनमा निवेदन पेश गरेकाेमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले असार १० गते, बिहीबार आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
 

सेबोनको अनुमतिको पर्खाइमा रहेका १८ कम्पनीहरु यसप्रकार छन् :

१. आइएमई लाइफ इन्स्योरेन्स 
आइएमई लाइफ इन्स्योरेन्स आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड पुगेको छ । इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न जेठ ३१ गते बोर्डमा निवेदन पेश गरेको हो ।

इन्स्योरेन्सले प्रति कित्ता १०० रुपैयाँका दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।आईपीओ निष्काशनको लागि कम्पनीकाे बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

२. नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।कम्पनीले ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै असार ६ गते सेबोनमा निवेदन पेश गरेको हो । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारण (संस्थाका कर्मचारी र सामूहिक लगानी कोषसमेत) का लागि निष्काशन गर्नेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त भइसकेको छ। 

इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई  ‘इक्रा एनपी–आईआर) बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । 

३. साहस उर्जा कम्पनी लिमिटेड

साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

४. सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेड 

सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सय कित्ता कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ  । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

५. अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले १०० रुपैयाँ अंकित दरका ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासनको माग गर्दै कम्पनीले गत चैत १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले सर्वसाधारण र स्थानीयका लागि आईपीओ निष्कासन गर्नेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। 

६. मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि वैशाख १३ गते साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

७. दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले २९ करोड ५१ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि वैशाख २१ गते मंगलबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

८. अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेड

अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० कराेड रूपैयाँ बराबरकाे २० लाख कित्ता आईपीओ निष्कासन गर्न जेठ २ गते, सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीको प्रदेश नं. १ अन्तर्गत संखुवासभा जिल्लाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना अहिले निर्माणको चरणमा रहेको छ ।

९. सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँदरमा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न जेठ ९ गते आइतबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीकाे जेठ २३ गते, आइतबार सम्पन्न भएकाे तेस्रो वार्षिक साधारण सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएकाे थियाे । कम्पनीकाे आईपीओ केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेकाे छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । 

१०. डिस मिडिया नेटवर्क लिमिटेड

डिसहोमले २३ करोड ८५ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २९ गते साेमबार सेबोनमा निवेदन पेश गरेकाे हाे । उक्त साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई  क्यापिटल  लिमिटेडले गर्नेछ ।

११. ग्रीन भेन्चर लिमिटेड 

ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २८ गते  नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ  । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

१२. मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ असोज २० गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

१३. न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १० गते, बुधबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर (आईपीओ) सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

१४. विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

१५. सामलिङ्ग पावर कम्पनी लिमिटेड 

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३०  रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ५ गते  नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैकिंङ लिमिटेडले गर्नेछ ।

१६. हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।

१७. बलेफी हाइड्रोपावर लिमिटेड 

बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २५ गते  नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ  । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

१८. बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड 

बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण सेयर (आईपीओ) सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम  सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।