Like us!
Follow us!

नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय भएको छैन : बीमा समिति

नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय भएको छैन : बीमा समिति

बीमा समितिले कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई इजाजत दिने निर्णय नभएको जानकारी दिएकाे छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विज्ञप्ति नै जारी गरेर बजारमा हल्ला गरिएको जस्तो नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी नभएको स्पष्ट पारेका हुन् ।

विगत केही दिनयता विभिन्न अनलाइन तथा पत्रपत्रिकाहरुमा नयाँ कम्पनीलाई लाइसेन्स दिन लागेको भनी आएका समाचारप्रति बीमा समितिकाे ध्यानाकर्षण भएको जनाएको छ । 

पौडेलले विज्ञप्तिमा भनेका छन्- “नयाँ बीमा कम्पनीलाई इजाजत दिने समाचारहरूप्रति बीमा समितिको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता समाचार समितिलाई विवादमा पार्ने मनसायले प्रेरित छ ।” समितिले यस प्रकारका समाचार प्रकाशन नगर्न समेत सञ्चार माध्यमलाई आग्रह गरेको छ ।

समितिले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

60def7476d59d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।