Like us!
Follow us!

यी १० बैंकबाट नि:शुल्क आईपीओ भर्न सकिने, अन्य बैंकले कति लिन्छन् सी-आस्वा शुल्क ?

यी १० बैंकबाट नि:शुल्क आईपीओ भर्न सकिने, अन्य बैंकले कति लिन्छन् सी-आस्वा शुल्क ?

लगानी खबर, काठमाडौं - पछिल्लो समय नेपाली सेयर बजारले फड्को मार्न थालेको छ । सेयर बजारमा नयाँ नयाँ लगानीकर्ताको आगमन निकै बढ्दो छ । विशेष गरी लगानीकर्ताहरु प्राथमिक सेयर (आईपीओ) को माध्यमबाट बजार प्रवेश गर्ने गरेका छन् ।

पछिल्लो समय आईपीओ लगानीकर्ताहरु झुम्मिने गरेका छन् । जुन कुरा पछिल्लो समय नेपाली सेयर बजारमा निष्काशन भइरहेका आईपीओमा पर्ने आवेदनको संख्याले पुष्टि गर्छ । पछिल्लो समय भर्खरै मात्र निष्कासन भएको जीवन विकास लघुवित्तको आईपीओ सबैभन्दा धेरै आवेदन परेको छ । संस्थाको आईपीओमा २० लाख ८४ हजारभन्दा बढी आवेदकले आवेदन दिएका छन् । यो सर्वसाधारणलाई माग गरिएको भन्दा १६.९१ गुणा बढी हो । 

पछिल्लो समय आईपीओ पाउन भाग्यकै भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ । सिडीएसीका अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ३६ लाख ३१ हजार ५ सय ९८ पुगेको छ ।यसले पनि सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको पुष्टि गर्छ ।
एकवर्ष अघिसम्म मात्रै पनि सर्वसाधारणमा खासै चर्चा नहुने सेयर बजार र आइपीओ चर्चा यतिबेला चुलिएको छ । 

हामी आईपीओ त भर्छौँ तर आईपीओ पर्न भने भाग्यकै भर पर्नुपर्ने हुन्छ । आईपीओ भर्दा कतिपय बैंकबाट निशुल्क भर्न मिल्छ भने कतिपय बैंकले शुल्क लिने गरेका छन् । जसलाई सी–आस्वा सेवा भनिन्छ । यसरी ग्राहकलाई सी-आस्वा सेवा दिएवापत शुल्क लिनको लागि बैंकहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने हुन्छ ।

सी-आस्वा सेवा हाल सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुले दिन्छन् । जसमध्ये १० वटा वाणिज्य बैंकले निःशुल्क सी-आस्वा सेवा ग्राहकलाई दिइरहेका छन् भने १५ वटा वाणिज्य बैंकहरुले शुल्क लिएर यस्तो सेवा प्रदान गर्ने गरेका छन् । शुल्क लिने बैंकबाट सेयर अर्थात् आईपीओ भर्दा सेयर परे पनि नपरे पनि लगानीकर्ताले आवेदन वापतको सेवा शुल्क तिर्नुपर्ने हुन्छ ।

आज हामीले कुन बैंकबाट सेयरमा आवेदन गर्दा शुल्क लाग्दैन र कुन बैंकबाट आवेदन गर्दा कति शुल्क लाग्छ भन्नेबारे जानकारी दिँदै छौं ।

निःशुल्क सी-आस्वा सेवा दिने बैंकहरु :

हाल राष्ट्रिय वाणिज्य, नेपाल बैंक,  सिद्धार्थ बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, एनसीसी बैंक, नबिल बैंक, मेगा बैंक, ग्लोबल आइएमई बैंक,र सेञ्चुरी कमर्सियल बैंकमा खाता रहेका ग्राहकहरुले निःशुल्क सेवा दिइरहेका छन् ।

शुल्क लिएर सी-आस्वा सेवा दिने बैंकहरु :

सी-आस्वा सेवा दिएवापत १२ वटा वाणिज्य बैंकले १ रुपैयाँदेखि १०० रुपैयाँसम्म शुल्क तय गरेका छन् । जसमध्ये सबैभन्दा बढी स्ट्यान्र्डड चार्डर्ट बैंकले १ सय रुपैयाँ र सबैभन्दा थोरै प्रभु बैंकले १ रुपैयाँ सी-आस्वा शुल्क तोकेको छ ।

प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल बंगलबादेश बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, बैंक अफ काठमाण्डू, कृषि विकास बैंक र सनराइज बैंकमा खाता रहेका लगानीकर्ताले सेयरमा आवेदन दिँदा सि-आश्वा सेवा वापत बैंकलाई प्रतिआवेदन १० रुपैयाँ बुझाउनुपर्नेछ ।

त्यसैगरी, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, हिमालयन बैंक र कुमारी बैंकमा खाता रहेकाहरुले २० रुपैयाँ सि-आश्वा तिर्नुपर्नेछ छ । लक्ष्मी बैंक र नेपाल एसबिआई बैंकमा खाता रहेका लगानीकर्ताले प्रतिआवेदन २५ रुपैयाँका दरले सि आश्वा सेवा शुल्क बुझाउनु पर्नेछ ।

विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टड बैंक नेपालले वाणिज्य बैंकहरुमध्ये धेरै अहिले पनि प्रतिआवेदन १०० रुपैयाँ सि-आश्वा वापतको सेवाशुल्क लिने गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।