लगानी खबर, काठमाडौं - नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर आज (शुक्रबार) देखि लिलामीमा बिक्री खुल्ला भएको छ ।
बैंकको स्वामित्वमा रहेको संस्थाको १ लाख ८९ हजार ६५३ कित्ता आजबाट लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको हो ।
लगानीकर्ताले उक्त सेयर असार २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ७ सय रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले उक्त सेयर खरीदका लागि सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
उक्त सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । उक्त सेयर बिक्री प्रबन्धकको नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।