Like us!
Follow us!

नागरिक लगानी कोषको लिलामी सेयरमा आजसम्म आवेदन दिन सकिने

नागरिक लगानी कोषको लिलामी सेयरमा आजसम्म आवेदन दिन सकिने

लगानी खबर, काठमाडौं - नागरिक लगानी कोषको लिलामी सेयरमा आवेदन दिने आज (असार १८ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडकाे स्वामित्वमा रहेको कोषको रहेको १ लाख कित्ता संस्थापक समूहकाे सेयरहरू असार ११ गतेबाट लिलामी बिक्री खुल्ला भएको थियाे । 

उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिसेयर एक हजार २ सय रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले न्युनतम एक सय कित्तादेखि अधिकतम १० ले भाग जाने गरी सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, उक्त सेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले आजसम्म बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।