Like us!
Follow us!

डा. दिनेश त्रिपाठीले गरे रौतहट घट्नाका दोषीलाई कडा कारबाहीको माग

डा. दिनेश त्रिपाठीले गरे रौतहट घट्नाका दोषीलाई कडा कारबाहीको माग

लगानीखबर, काठमाडौं –  वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणका दोषीहरुलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । 

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर अधिवक्ता त्रिपाठीले यस्तो माग गरेका हुन् । उनले राज्य संयन्त्रको कारणले कोरोना महासंकटको अवधिमा मानवअधिकारको गम्भीर हनन भएको टिप्पणी गरे । उनले आज राज्य नै ठूलो भक्षकको रुपमा देखा परेको सुनाए । उनले श्रृंखलावद्ध रुपमा अहिले नागरिकहरुको अधिकार अपहरण भैरहेको पनि आरोप लगाए । 

उनले धनुषामा शम्भु सदाको पनि हिरासतमै मृत्यु भएको र अहिलेसम्म दोषीहरुलाई कसैलाई कारबाही नगरिएको स्पष्ट पारे । उनले भने, यो आफैंमा लज्जाको विषय हो । ईट्स अ म्याटर अफ शेम । यो नेपालको लागि एउटा अन्तर्राष्ट्रिय लज्जाको विषय हो ।’ पीडित परिवारको जाहेरी प्रहरी प्रशासनले लिनैपर्ने उनको भनाई छ । उनले उक्त घट्नाको बारेमा वस्तुगत र वैज्ञानिक छानबिन हुनैपर्ने पनि माग गरे । 

कार्यक्रममा अधिवक्ता शैलेन्द्र अम्बेडकरले पीडित परिवारको तर्फबाट जाहेरी दर्ता गर्न जाँदा अहिलेसम्म जाहेरी दर्ता नगरेको अवस्था सुनाए । उनले भने,तीन जना प्रहरीलाई निलम्बन गरेको देखिन्छ । तर, अहिलेसम्म ईन्चार्जमाथि निलम्बन गरेको अवस्था छैन् ।’ हिरासतमा लिएर चरम यातना दिनु र त्यही कारणले मान्छेको ज्यान जानु त्यो गम्भीर प्रकृतिको अपराध भएको उनको भनाई छ । 

उक्त प्रकरणमा एकजना प्रहरी निरीक्षकसहित ३ प्रहरी निलम्बनमा परेका छन । प्रहरी हिरासतमा रहेका विजयरामलाई चरम यातना दिएको विषयमा अनुसन्धानका लागि ईन्स्पेक्टर नविनकुमार सिंहसहित ३ प्रहरी निलम्बनमा परेका हुन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।