Like us!
Follow us!

नागरिक लगानी कोषको लाभांश आज पारित हुँदै

नागरिक लगानी कोषको लाभांश आज पारित हुँदै

लगानी खबर, काठमाडौं - नागरिक लगानी कोषको वार्षिक साधारण सभा आज (असार १८ गते, शुक्रबार) हुँदैछ ।   कोषकाे जेठ २१ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कोषकाे २६औँ वार्षिक साधारण सभा शुक्रबार, काेषकाे केन्द्रिय कार्यालय, नयाँ बानेश्वर, काठमाडाैँमा अपरान्ह २ बजेदेखि सुरू हुनेछ । 

कोषले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट काेषका सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीकाे ९ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ८.८९४७ प्रतिशत नगद गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, काेषले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि असार ८ बुकक्लोज गरेको छ । त्यसैले, असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।