लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १५.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरको हो । कम्पनीको समायोजनपछिको मूल्य १ हजार ४ सय २९ रुपैयाँ निर्धारण भएको छ ।
कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ६ सय ५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यहि मूल्यलाई आधार मानेर आज आइतबार नेप्सेमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
कम्पनीको २५ औं वार्षिक साधारण सभा असार ३१ गते हुँदैछ । सभाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांस गरी कूल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि आज (असार १८ गते)देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।