Like us!
Follow us!

शेयर बजारमा सामान्य गिरावट, २ अर्ब माथिको कारोबार

शेयर बजारमा सामान्य गिरावट, २ अर्ब माथिको कारोबार

लगानीखबर, काठमाडौं – आज (बिहीबार) शेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ०.१५ अंकले घटेर एक हजार ५१०.४२ मा पुगेको छ । बिहिबार नेप्से ०.०१ प्रतिशतले घटेको छ भने सेन्सेटिभ परिसूचक ०.१४ अंकले बढेर ३०४.७३ मा पुगेको छ ।

कूल १८६ वटा कम्पनीको ९३ लाख २ हजार ९ सय ७० कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार २ सय ३१ रुपैयाँको कारोबार भएको छ । 

त्यसैगरी, कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर घटेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर बढेको नेप्सेले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।