Like us!
Follow us!

एनएमबि बैंकले ल्यायो एनएमबि सापटी २.० योजना, आवेदन दिएको ५ मिनेटमै कर्जा पाईने !

एनएमबि बैंकले ल्यायो एनएमबि सापटी २.० योजना, आवेदन दिएको ५ मिनेटमै कर्जा पाईने !

लगानी खबर, काठमाडौं - एनएमबि बैंकले आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित एनएमबि सापटी २.० योजना सुरु गरेको छ । यो योजनामा कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ ।

यो ‘नेपालमै पहिलो पटक’ २४सै घण्टा र हप्ताको सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता रहेको बैंकले उल्लेख गरेको छ। यस सेवा बैंकसम्म नधाईकनै मोबाईलको प्रयोग बाट आवेदन दिएको ५ मिनेट भित्र नै कर्जा प्राप्त गर्न सकिने छ । 

बैंकका अनुसार यो व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपूर्तिको लागिप्रदान गरिने एक छोटो अवधिको धितो बिनाको कर्जा हो । एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिनासम्मको लचिलो अवधि सहित २ लाख रुपैयाँसम्म २४सै घण्टा र सातै दिन दिन कर्जा तुरुन्त उपलब्ध गराइने बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।