Like us!
Follow us!

देवयानी इन्टरनेसनल नेपालका कर्मचारीहरुले एनआईबीएल सहभागिता फण्डमा लगानी गर्ने

देवयानी इन्टरनेसनल नेपालका कर्मचारीहरुले एनआईबीएल सहभागिता फण्डमा लगानी गर्ने

लगानी खबर, काठमाडौं - एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डमा देवयानी इन्टरनेसनल नेपाल प्रा.लि.का कर्मचारीहरुले मासिक रुपमा लगानी गर्ने भएका छन्।

यस विषयमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडद्वारा प्रवर्द्धित एनआईबीएल म्युचुअल फन्डअन्तर्गतका योजनाहरुको योजना  व्थवस्थापक तथा  डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपालमा केएफसी, पिजा हट तथा क्रिम बेल आइसक्रिमजस्ता अन्तर्राष्ट्रिय फुड चेन ब्रान्डहरु सञ्चालन गरिरहेको देवयानी इन्टरनेसनल नेपाल प्रालिबीच सम्झौता भएको हो। 

सम्झौतापत्रमा देवयनी इन्टरनेसनल नेपालका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक रितुराज शाह र एनआईबीएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले असार १५ गते दिन हस्ताक्षर गरेका छन्। 

यो सम्झौतासँगै देवयानी इन्टरनेसनल नेपाल प्रालिका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागिता फन्डको ‘कर्पोरेट पेरोल एसआईपी’ अन्तर्गत लगानी गर्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।