Like us!
Follow us!

स्वावलम्बन लघुवित्तको बोलपत्र आज खोलिदैँ

स्वावलम्बन लघुवित्तको बोलपत्र आज खोलिदैँ

लगानी खबर, काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज (बिहीवार) खोलिने भएको छ । 

संस्थाले नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको १ लाख ९० हजार ६५३ कित्ता संस्थापक सेयर असार ६ गतेदेखि १५ गतेसम्म लिलामीमा राखेको थियो । 

उक्त सेयरमा परेको बोलपत्रहरु बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा बोलपत्र बिहीवार बिहान ९:३० बजे खोलिने कम्पनीले जानकारी दिएको छ ।

60dd2ee9874b5.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।