लगानी खबर, काठमाडौं - नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असार १७ गते,बिहीबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि (असार १८ गते, शुक्रबार) बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले असार ३१ गते २५औं साधारण सभा बोलाएको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा कम्पनीको भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभाले गत आर्थीक वर्षको नाफाबाट सेयरधनीलाई १५.५ प्रतिशत बोनस सेयर र ०. ८३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।