Like us!
Follow us!

एनआईसी एसिया क्यापिटलको चौंथो सभा सम्पन्न, १८% नगद लाभांश पारित

एनआईसी एसिया क्यापिटलको चौंथो सभा सम्पन्न, १८% नगद लाभांश पारित

लगानीखबर, काठमाडौं । एनआईसी एसिया कयापिटल लिमिटेडको चौंथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

कम्पनीको रजिस्टर्ड कार्यालय थापाथली, काठमाडौंमा भएको सभा गत आर्थिक वर्षका लागि प्रस्तावित १८ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्दै सम्पन्न भएको हो ।

सभाले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्तापुँजीको १८ प्रतिशत (करसहित) ले हुन आउने ३ करोड ६० लाख रुपैयाँ पारित गरेको हो । 

सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।