लगानी खबर, काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले माछापुच्छ्रे बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।
बोर्डले बैंकलाई प्रतिकित्ता एक हजार रुपैयाँको दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हाे । कूल ऋणपत्रमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । बैंकले १० वर्ष अवधिकाे ८.५० प्रतिशत व्याजदर भएकाे ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।